चौतारा । नेकपा एमालेले सिन्धुपाल्चोकको संगठित सदस्यको संख्या सार्वजनिक गरेको छ ।
क्षेत्र नम्बर १ मा ८ हजार १९ र क्षेत्र नम्बर २ मा ७ हजार १ सय ११ गरी सिन्धुपाल्चोकमा १५ हजार संगठित सदस्य रहेको एमालेले जनाएको हो । सो संख्याको आधारमा महाधिवेशनमा २३ जना प्रतिनिधि जान पाउने भएका छन् ।
क्षेत्र नम्बर १ बाट ८ पुरुष र ४ महिला, क्षेत्र नम्बर २ बाट ८ पुरुष र ३ महिला जान पाउने नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ । महाधिवेशन प्रतिनिधिको लागि कात्तिक २५ गते मनोनयन दर्ता गरिने जनाईएको छ । २६ गते सहमतिको प्रयास गरिने र सहमति नभए २७ गते निर्वाचन मार्फत महाधिवेशन प्रतिनिधि छनौट गरिने एमालेले जनाएको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ