काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विभिन्न तहका पदका लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ । वडा सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादी केन्द्रले वडादेखि केन्द्रीय पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।
हालै बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले वडादेखि प्रदेश पदाधिकारीसम्मका लागि मात्र उम्मेदवारी दर्ता शुल्क तोकिएको आयोगका केन्द्रीय सदस्य तथा वाग्मती इन्चार्ज गोविन्दबहादुर बटाला ‘जीवित’ले जानकारी दिए । उनका अनुुसार वडा कमिटी सदस्यका लागि ५० रुपैयाँ, पदाधिकारीका लागि एक सय रुपैयाँ, पालिका कमिटी (गाउँ, नगर, महानगर) सदस्यका लागि तीन सय र पदाधिकारीका लागि पाँच सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै प्रदेश कमिटी सदस्यका लागि पाँच सय र पदाधिकारीका लागि एक हजार शुल्क तोकिएको छ ।
केन्द्रको लागि भने अर्को बैठकले उम्मेदवारी दर्ता शुल्क तोकिने नेता बटालाले बताए । माओवादी केन्द्रले मंसिर ४ गते वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलनको मिति तोकेको छ । पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने माओवादी केन्द्रको तयारी छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ