चौतारा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ ।
आईतबार त्रिपुरासुन्दरी गाउँपालिकाको सम्मेलन सकिएसँगै माओवादी केन्द्रले ११ स्थानीय तहमा सम्मेलन सकिएको हो । जिल्लामा १२ वटा स्थानीय तह मध्ये माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा सम्मेलन गरेको थियो । जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन गरिएको थियो ।
जस अनुसार चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका र मेलम्ची नगरपालिकामा ६५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । इन्द्रवतीमा ४९, बलेफीमा ५५, हेलम्बुमा ५१, पाँचपोखरी थाङ्पालमा ५२, जुगलमा ५०, सुनकोशीमा ५५, लिसंखुपाखरमा ५१ र त्रिपुरासुन्दरी गाउँपालिकामा ५५ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीका अनुसार भोटेकोशी गाँउपालिकामा भने मंसिर १५ गते अधिवेशन गर्ने तय गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकमा निर्वाचित अध्यक्षहरुः
१. मेलम्ची नगरपालिका : गोपाल नेपाल ‘भीम’
२. बाह्रबिसे नगरपालिका : ङिमा शेर्पा ‘सोनाम’
३. हेलम्बु गाउँपालिका : पेमा ह्योल्मो
४. पाँचपोखरी थाङ्पाल गाउँपालिका : दोर्जे तामाङ
५. जुगल गाउँपालिका : रेशम स्याङ्बो
६. बलेफी गाउँपालिका : गंगा तामाङ ‘प्रवेश’
७. सुनकोशी गाउँपालिका : अमर लामा
८. लिसंखुपाखर गाउँपालिका : राजु लामा
९. त्रिपुरासुन्दरी गाउँपालिका : बिर्खबहादुर श्रेष्ठ ‘दिपक’
१०. इन्द्रावती गाउँपालिका : पदाधिकारी टुंगो लगाउन बाँकी
११. चौतारा साँगाचोकगढी नगरपालिका : पदाधिकारी टुंगो लगाउन बाँकी
१२. भोटेकोशी गाउँपालिका : १५ गते सम्मेलन
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ