काठमाण्डौ । आध्यात्मिक साधक पुरुषोत्तम पौडेलका नामममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ ।
सार्वजनिक समारोहमा बोल्दै ग्रन्थका सम्पादक डा. रमेश शुभेच्छुले सबै पुस्तक आफ्नो योजनाअनुसार मात्र लेखिने र सम्पादन नगरिने बताउँदै बौद्धिक काम गर्ने क्रमममा कहिले काहीँ अरुको योजनाका काममा पनि सारथि बन्नुपर्ने धारणा राखे । ‘यो पौडेलजीका नाममा निस्किएको ग्रन्थ त्यस्तै ग्रन्थ हो’, उनले भने– ‘पौडेलले गरेका साधनाको योग र विज्ञान एवम् औषधी विज्ञानसँग तुलनात्मक रुपमा अनुसन्धान गरिनु जरुरी देखिन्छ ।’
शुभेच्छुका अनुसार पुरुषोत्तम पौडेल केही वर्षअगाडि उनी नयाँबानेश्वरमा डेरा गरी बस्ताका छिमेकी हुन् । शुभेच्छुलगायत ढकाल राधेश्याम र सरिता पौडेलसहित तीन सदस्यीय ग्रन्थ प्रकाशन समिति बनेको थियो । सो समितिले पुरुषोत्तम पौडेलको प्रथम वार्षिकीका आवसरमा पौडेल निवासमा कृति लोकार्पण गरेको हो ।
ढकाल राधेश्यामको सभाध्यक्षतामा भएको सो ग्रन्थ लोकार्पण समारोहमा स्वामी वासुदेव, साहित्यकार भूवनहरि सिग्देललगायतको उपस्थिति थियो । कार्यक्रममो साहित्यकार भुवनहरि सिग्देल, स्वामी वासुदेव, स्वामि निराजन, बागमती प्रदेश संसद् दीपेन्द्र श्रेष्ठ, वडाध्यक्ष हीरालाल तन्डुकार, साहित्यकार ढकाल राधेश्याम, प्रकाशक सरिता पौडेल लगायतले पौडेल र पौडेल विषयक स्मृतिग्रन्थका बारेमा चर्चा गरेका थिए । पौडेललले शिक्षासेवा, सहकारीसेवा लगायत योगशाधनाका क्षेत्रमा नयाँ नयाँ प्रयोग गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ