बाह्रविसे । सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरी ११ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोकमा रहेको बाह्रविसे शाखाले एक कार्यक्रम आयोजना गरी छात्रवृद्धि प्रदान गरेको छ । बाह्रविसे नगरपालिका– ९ स्थित सिन्धु बहिरा आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ६ की छात्रा निर्मला तामाङलाई बैंकले छात्रावृद्धि प्रदान गरेको अपरेशन इन्चार्ज दुर्गा श्रेष्ठले जानकारी दिए ।
शिक्षाको उज्यालो घामबाट कुनै पनि विद्यार्थी बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न तथा जेहेन्दार छात्रालाई बैंकको आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रवृद्धि प्रदान गरेको बाह्रविसे शाखाको प्रमुख रहरसिं तामाङले जानकारी दिए । बैंकले यस अघिको वार्षिकोत्सवमा पनि विभिन्न सामाजिक कार्य अन्तरगतको काम गरेको र यस वर्ष पनि छात्रवृद्धि प्रदान गरी आफ्नो वार्षिकोत्सव मनाएको उनले बताए ।
सो अवसरमा विद्यालयकी प्रधानाध्यपक मैना कार्कीले आफ्नो विद्यालयको छात्रालाई बैंकले छात्रावृद्धि दिएकोमा आफु निकै हर्षिक भएको बताईन् । सहभागी विद्यार्थीहरुलाई शिक्षिका सृजना रन्जितकारले सांकेतिक माध्यमबाट कार्यक्रमको विषयमा प्रष्टाएकी थिईन् ।
सिभिल बैंकले इन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ गरेको छ । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवातथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने छ ।
सिभिल बैैकले एघारौं वार्षिकोत्सवसम्म आईपुग्दा करिव ९२ अर्व निक्षेप संकलन गरी करिव ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमासमा २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ वटा शाखातथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गरी कारोबार गर्दै आईरहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ