एजेन्सी । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १।३७ प्रतिशत मात्रै हो ।
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको र मृत्यु भएकाहरुको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९।५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् । भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना सङ्क्रमित भएको र कुल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ