मेलम्ची । कुखुरापालक कृषकहरुका लागि एक दिने व्यवसायिक कुखुरा पालन तथा व्यवस्थापन सीप हस्तान्तरण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ ।
एपोलो फिड्स प्रा.लि. को आयोजना र मेलम्ची नोवेल एग्रोभेटको समन्वयमा भएको कार्यक्रममा मेलम्ची र आसपासका ५५ जना कृषक सहभागि रहेका थिए । सहभागिलाई डा. दिपक लम्सालले कुखुरा पालनको तरिका र उनिहरुको जिज्ञासाको समाधान गराएका थिए । कार्यक्रममा सफल तथा मेहनती मेलम्चीका किसान सागर दुलाल र उत्कृष्ट किसान कृष्ण दुलाललाई सम्मान गरिएको थियो ।
आगामी दिनमा किसानहरुका लागि उपयोगि हुने कार्यक्रम थुप्रै सञ्चालन गरिने मेलम्ची नोवेल एग्रोभेट सेन्टरका सञ्चालक सुदिप धितालले बताए । कार्यक्रममा एपोलो फिडका सञ्चालक बिनेस गौतम, माँ दक्षिणकालि, पोल्ट्रि सप्लायर्स बनेपाका रमेश भण्डारी, जीवन गौतम, मुनाल स्टोर मेलम्चीका राममणी गौतमले आफ्नो धारणा राखेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ