चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा भएको प्रथम मालिकादेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सुनौलो बिहानी अभियानले चुमेको छ ।
अभियानले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ लाई हराउँदै उपाधि हात पारेको हो । सोमबार भएको फाईनल खेलमा निर्धारित समयमा गोल हुन नसक्दा सडेन डेथबाट सुनौलो बिहानी अभियानले वडा नम्बर ६ लाई १–० अन्तरले जीत हासिल गरेको हो । म्यान अफ दि म्याच सुनौलो अभियानका गोल रक्षक स्वर्णिम श्रेष्ठ घोषित भए ।
बिजेता सुनौलो बिहानीले नगद ६० हजार प्राप्त गर्यो । उपबिजेता पीपलडाँडाले ४० हजारमै चित्त बुझायो । प्रतियोगितामा विभिन्न ६ वटा विधामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि र २ हजार ५ सय पुरस्कार प्रदान गरियो ।
डिफेन्समा सुनौलो विहानी अभियानका भिमबहादुर गुरुङ, उत्कृष्ट गोलरक्षकमा लिल फङ घले समाजका सुशान्त दुलाल, उत्कृष्ट मिड फिल्डर मा वडा नम्बर ६ का विशाल जङ रायमाझी, उत्कृष्ट प्रशिक्षक मा सुनौलो बिहानी अभियानका उमेश घले, सर्वाधिक गोलकर्तामा जल्किने युथ क्लवका सृजन बोगटी र प्रतियोगिताको उत्कृष्ट खेलाडि पीपलडाँडाका संजय विष्ट घोषित भए ।
तृतीय स्थान लिल फङ घले समाजले हात पारेको छ । लिल फङले काभ्रे जुनियर बोइजलाई १–० गोल अन्तरले पराजित गरेको छ । लिल फङका लागि उमेश तामाङले एकमात्र गोल गरे । म्यान अफ दि म्याच लिलफङका गोलकिप्पर सुशान्त दुलाल घोषित भए । आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ