चौतारा । मूख्य राजमार्गमा पहिरोले भत्काउँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दसैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
अरनिको राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घन्टौं जाममा पर्नुपरेको छ ।
लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दसैँका घर फर्कने यात्रुहरूले दुःख पाउने गरेका छन् । वर्षात् भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’
दसैँ मनाउन राजधानीबाट गाउँ फर्कनेको भिड बढेको छ । काठमाडौंमा बसपार्क नभएकाले सिन्धुपाल्चोक आउने गाडी पाउन जिल्लावासी कोटेश्वरआसपास घन्टौँ कुर्न बाध्य छन् । सदरमुकाम चौतारा र क्षेत्रीय केन्द्रहरू मेलम्ची, बाह्रबिसे र जलवीरेबाट गाउँगाउँ पुग्ने सडकको यात्रा कष्टकर छ । दसैँका लागि राजधानीलगायत ठाउँबाट आउने यात्रुले गाउँसम्म पुग्दा अनेकन सास्ती व्यहोर्नुपर्छ ।
स्थ
नीय राम श्रेष्ठले बाह्रबिसेबाट बुदेपा, कर्थली र पलाँतीमाथिका गाउँ जान जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको बताए । चौताराबाट नवलपुर पुग्ने सडक कष्टकर छ । त्यस्तै, चौताराबाट बतासे र सेलाङ पुग्ने सडक पनि राम्रो छैन । बलेफीबाट जलवीरे पुग्ने सडक निर्माणको क्रममा रहेकाले हिलाम्मे छ । जलवीरेबाट कात्तिके, यांलाकोट र बराम्ची–पाङताङ पुग्ने कच्ची बाटो अत्यासलाग्दो छ । बर्खाको भेलले बिगारेको ग्रामीण सडक स्थानीय सरकारले मर्मत–सुधार गरे पनि यात्राका लागि ती सडक सास्तीपूर्ण छन् । त्यसैगरी, बाह्रबिसेबाट कर्थली, मान्द्रा, मानेस्वाँरा र धुस्कुन जाने ग्रामीण कच्ची सडक हिलाम्मे छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ