चौतारा । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरकमिटीको प्रथम अधिवेशन सोमबार जिल्ला पार्टी कार्यलय चौतारामा सम्पन्न भएको छ ।
अधिवेशनबाट नगर अध्यक्षमा खिलबहादुर श्रेष्ठ, उपाध्यक्षमा चक्रबहादुर तामाङ, सचिवमा शुक्रराज प्याकुरेल, उपसचिवमा सीता पौड्याल र सानुकान्छा श्रेष्ठ पदाधिकारी रहेको ७१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
सो अधिवेशनमा प्रमुख अतिथि दावा तामाङले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै माओबादी केन्द्रको बाग्मती प्रदेशको आधार भूमि मानिएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेको सूर्य झण्डा छिट्टै फहराउने बताए । सर्वसम्मत नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण प्रतिनिधिहरुलाई तामाङले धन्यवाद ज्ञापन गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ