चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन मेलम्चीमा तय भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा वडा, पालिका, प्रदेश क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भई सकेको कारण मंसिर १४ गते र १५ गते मेलम्चीमा जिल्ला अधिवेशन गर्ने तय भएको सभापति विकाश लामाले बताए ।
लामाले आईतबार एक विज्ञप्ती जारी गर्दै सदरमुकाम चौतारामा क्षेत्रीय प्रतिनिधि एवम् सहभागिहरुलाई आवास व्यवस्थापनमा समस्या हुने देखिएकोले मेलम्ची बजारमा गरिने जानकारी दिएका हुन् । ‘सबै तहका अधिवेशनबाट निर्वाचित हुनु भएका सबै साथीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु’, विज्ञप्ती भनिएको छ– ‘अधिवेशन सफल बनाउन सक्रियता पूर्वक सहभागी हुनु भएकोमा सबै तहका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरु निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति शिक्षक साबीहरु एवम सबै शुभेच्छुहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ