आमा म सम्झी बसि रैछु पुछेर आशुँ
संसार यो जगतमा कसरी म हासुँ ।
दिग्दारि भै मन चुँडेर बसेछु रुदैँ
हिँड्दैछु यो समरमा मन भाँचि नुँग्दै ।
बूझाउँ यो मन भनी गरि आँट मैले
सम्झेर मामु जननी शीर झुक्छ जैले ।
छोरो भएर महिले ममता भुलेछु
निर्लज्ज भै भुमिमहाँ म उसै डुलेछु ।
छाती गर्हौँ भइ बसेछु म छैन खूशी
पाएँ भने वरिपरी मरिदिन्छु लूकी ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ