चौतारा । स्थापनाकाल देखि नै भाडाको घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ ।
नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार खर्च सो भवन निर्माण गरिएको हो । भवनको सोमवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालिन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो ।
‘हामी निर्वाचित भएर आँउदा आफ्नो लागि बस्ने कोठा समेत थिएन,’ नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने ‘अब भने हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’ अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवन समेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।
‘जनप्रतिनिधिहरूको निर्वाचन अगाडि नै २०७२ सालमा ९ करोडको प्राविधिक लागतमा सो भवनको डीपीआर तयार भएको थियो,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले भने ‘जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि उनीहरुको तदारुकतामा २०७४ सालबाट निर्माण कार्य शुरु गरी ३ वर्षमा सम्पन्न गरिएको हो ।’
नगरपालिकाका धेरैजसो शाखाका सेवाहरू नयाँ भवनबाट प्रदान गरिने जानकारी दिइएको छ भने शिक्षा, पशु सेवा, कृषि सेवा लगायतका सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ