धुलिखेल । चिसो बढ्दै गएपछि धुलिखेल नगरपालिकाले सबै विद्यालयहरू एकसाता विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले सूचना जारी गर्दै २१ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । पानी परेका कारण चिसो निकै बढेको र बिद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य समस्या आउन सक्ने भएकाले एक साता पठनपाठन स्थगित गर्न नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन गरिएको छ ।
नगरपालिकाले कतिपय विद्यालयमा सञ्चालन भैरहेको त्रैमासिक परीक्षा समेत रोक्न र विद्यालय खुलेपछि लिन भनेको छ । नगरपालिकाले जाडो बिदाको रूपमा एकसाता पठनपाठन स्थगित गर्न भनेको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ