चौतारा । सिन्धुपाल्चोकको चौतारामा रहेको महाकाली बहुद्देशीय सहकारी संस्थाको २६औं साधारण सभा तथा ९औं अधिवेशनबाट केशवलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको साधारण सभाबाट उपाध्यक्षमा हरिगोपाल श्रेष्ठ, सचिवमा खिलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुशीलप्रसाद कक्षपति, सदस्यहरुमा गुणकेशरी श्रेष्ठ, नातिबाबु धिताल, सीता नेपाली, सन्तमाया श्रेष्ठ, शेरबहादुर चुवान, धनमाया श्रेष्ठ र डम्बरबहादुर श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलको अध्यक्ष दीपक प्रधानले बताए ।
अधिवेशनले लेखा समिति निर्माण गरेको छ । राजेन्द्र श्रेष्ठको संयजकत्वमा निर्माण गरिएको समितिको सदस्यहरुमा कमलप्रसाद श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले उद्घाटन गरेका थिए ।
साधारण सभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई शेयर सदस्यहरुले पारित गरेका थिए । १ हजार ४ सय २३ शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १८ करोड ७८ लाख ८३ हजार ५ सय ३९ रुपैंया कारोबार गरेको थियो । सहकारीको हाल १० करोड ५५ लाख ४ हजार ३ सय ७ रुपैंया कूल पुँजि रहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ