चौतारा । सिन्धुपाल्चोकमा सरकार गठबन्धन दलबीचको भाइचारा सम्बन्धलाई सौहार्द र निरन्तर अगाडि बढाउने निर्णय भएको छ ।
एमसीसीको विषयलाई लिएर केन्द्रमा गठबन्धन दलबीच नै मतभेद चुलिएको बेला सिन्धुपाल्चोकमा भने गठबन्धनका तीन दलको बैठक बसी सद्भावपूर्ण भाइचारा सम्बन्धलाई निरन्तरता दिने निर्णय गरिएको हो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुली, नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक संस्कार र संस्कृतिलाई सभ्य एवम् स्वच्छ बनाई मित्रवत प्रतिस्पर्धालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक पराजुलीको अध्यक्षतामा बसेको बैठकले आगामी चैत्र महिनाको पहिलो हप्तामा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षता अर्को बैठक बस्ने निर्णय पनि गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ