चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको नब निर्मित भवनको एक समारोहकाबीच उद्घाटन भएको छ ।
७० लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे छ । ५ कोठे भवन सहित घेरावार, फर्निचर, खेलकुदका सामग्री र पुस्तकालयको भने यस अगाडिनै सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्ट भारतको सहयोगमा पूरा गरिएको टाटा ट्रष्टभारतका एरिया मेनेजर सुरज पोखरेलले जानकारी दिए । तत्कालिन जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक र समाजसेवी संस्था टाटा ट्रष्ट भारत र सिप्रदीयन सहायता संस्था काठमाडौको सहकर्यमा सो भवन निर्माणकार्य सम्पन्न भएको हो ।
नवनिर्मित भवनको सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभराज थपलिया र शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृष्णप्रसाद सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा टाटा ट्रष्ट भारतका एरिया मेनेजर सुरज पोखरेल, नेपाली कांग्रेसका केशवराज गिरी, माओवादी केन्द्रका नगर सचिव रोशनराज गिरी, शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवराज गिरी लगाएतले मन्तब्य राखेका थिए ।
समारोहमा विद्यार्थीले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नकुल गिरीको अध्यक्षतामा उद्घाटन समारोह आयोजना गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ