चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
क्षेत्रीसहित एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, सुभाष सुन्दाससहित करिब २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए । उनले फागुन ४ गते नेकपा (एमाले) परित्याग गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ