बाह्रविसे । महिला हिंसा न्यूनिकरण गर्ने उदेश्यले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– २ कर्थलीका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
११२औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा कर्थली स्काउट ट्रुप(ख) बुदेपाको आयोजना तथा बाह्रबिसे नगरपालिका २ नंं. वडा कार्यलयको आर्थिक सहयोगमा फागुन २२ देखि २४ गतेसम्म किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिमको समापन समारोहमा बाह्रविसे नगरपालिका– २ का अध्यक्ष बमबहादुर तामाङले आत्मरक्षा तालिम र स्काउट कार्यक्रमलाई आफू पदमा रहदा होस् या नरहँदा होस् विद्यालयमा सञ्चालन गर्न सधैं तत्पर रहने प्रतिवद्वता व्यक्त गरे ।
त्यस्तै प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले किशोर अवस्थामा सहि र गलत कुरा परिपक्वता ब्यक्तिले जसरी छुट्टाउन नसक्ने हुनाले कानुनले उनीहरुको लागि राम्रो कानुन रहेको जानकारी गराउँदै, यौन हिंसा हुनसाथ प्रहरीमा उजुरी गर्न पनि सुझाव दिएका छन् ।
कार्यक्रममा तालिमका प्रशिक्षक रमेश गुरुङले स्वास्थ्यसँग सम्बन्धि कुरा खुलेर गरौं र आत्मविश्वासकासाथ यौन हिंसा हुनेबित्तिकै जहाँ छ त्यहिनै खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिए । तीन दिने आत्मरक्षा तालिम अबधिमा सैद्धान्तिक प्रशिक्षण स्काउट शिक्षिका तथा बाह्रबिसे नगर स्काउट समितिका संयोजक मौसमी गुरुङले प्रदान गरेकी थिईन ।
सो कार्यक्रममा विद्यालयका प्रधानध्यापक हरिप्रसाद बुढाथोकी, विद्यालय ब्यवस्थापन समितिका सदस्य रन्जना तिमल्सिना, विद्यालयका शिक्षक कर्मचारी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सभाध्यक्ष सुनकोशी माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन खत्रीले गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ