चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापन पक्षका जंगबहादुर लामा विजयी भएका छन् ।
आइतबार भएको दोस्रो चरणको निर्वाचनमा खसेको १७८३ मत मध्ये उनले ९१२ मत ल्याई विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बंशलाई तामाङले ८४८ मत प्राप्त गरेका छन् । जिल्ला सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको थियो । संस्थापन पक्षबाट जंगबहादुर तामाङ, संस्थापन इतर पक्षबाट बंशलाल तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिएका थिए भने संस्थापन पक्षकै वागी उम्मेदवारको रूपमा डाक्टर प्रेमध्वज लामाको उम्मेदवारी रहेको थियो ।
शनिबार भएको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा तेस्रो भएका डाक्टर प्रेमध्वज लामाले संस्थापन इतर पक्षका बंशलाल तामाङलाई सहयोग गरेता पनि सभापतिमा संस्थापन पक्षका जंगबहादुर लामाले बाजी मारेका हुन् ।
त्यस्तै २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जना चुनावी मैदानमा छन् । उनीहरुको भने मतगणना भईरहेको निर्वाचन अधिकृत बेदबहादुर महतले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ