बलेफी । बलेफी गाउँपालिकाको विकट बस्ती सिमासिङ्गसम्म जोड्ने सडकमार्गको स्तरोन्नति सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवा नेता माधव सापकोटाको व्यक्तिगत सहयोगमा स्तरोन्नति कार्य सुरु गरिएको हो । जनताको अवस्था र विकासको आवश्यकता बुझ्न गत महिना नेता सापकोटासहितको टोली सिमासिङ्ग पुगेको थियो । सो बेला स्थानीयले सडकको पहुँचमा पुर्याउन माग गरेका थिए ।
‘सडक खनिए पनि पहिरोले बाटो पूरै विगारेका कारण बत्तिमुनीको अँध्यारोमा बस्नु परिरहेको उहाँहरुको गुनासो थियो’, सापकोटाले भने– ‘हामीले तपाईहरुको समस्या सम्बोधन हुन्छ भनेका थियौं, जनताको सुख दुःखमा साथ दिन सडक स्तरोन्नति सुरु गरिएको हो ।’ उनले आफूले त्यहाँको स्थानीयसँग गरेको प्रतिबद्धता पूरा गर्न व्यक्तिगत रुपमै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
आआफूहरुको दुःखमा साथ दिएको भन्दै स्थानीयले नेता सापकोटालाई धन्यवाद दिएका छन् । स्तरोन्नति सुरु भएकाले अब सडक नहुँदाको सास्ती खेप्न नपर्ने उनीहरुको भनाई छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ