चौतारा । योङ कम्युनिष्ट लिग नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ‘एक बुथ, २५ युथ’ अभियान सुरु गर्ने भएको छ ।
इन्द्रावती गाउँपालिका– १२, भिमटारमा मंगलबार भएको विशेष बैठकले ‘एक बुथ, २५ युथ’ अभियान सञ्चान गर्दै ४ हजार युवालाई परिचालन गर्ने निर्णय गरेको समन्वय समितिका सचिव सुमित काफ्लेले जानकारी दिए । ‘आउँदो निर्वाचनमा पार्टीलाई जिल्लाकै पहिलो पार्टीको रुपमा स्थापित गर्न युवाहरुलाई व्यापक परिचालन गर्ने निर्णय गरेका हौं’, उनले भने– ‘जिल्लाका प्रत्येक बुथमा २५ र जिल्लाभर ४ हजार युवाहरु परिचालन गर्नेछौं ।’
विशेष बैठकलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य माधव सापकोटा, युवराज दुलाल, जिल्ला समन्वय समितिका अध्यक्ष गोविन्द पराजुलीलगायतले सम्बोधन गरेको थिए । वाईसिइल जिल्ला समन्वय समितिका अध्यक्ष चित्रबहादुर तामाङको सभाध्यक्षमा विशेष बैठक बसेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ