चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा अव्यवस्थित सावारी पार्किङ बढ्न थालेपछि त्यसलाई रोक्न प्रहरीले थप कडाई गर्ने भएको छ ।
जिल्लाकै मूख्य बजार अव्यवस्थित सावारी पार्किङका कारण अस्तव्यस्त भएको भन्दै सवारी पार्किङका कडाई गर्ने नीति ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालयले आयोजनामा सरोकारवालाहरुसँग गरेको छलफलले चौताराको बजार व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा कडाई गर्ने निर्णय गरेको हो ।
छलफलमा फुटपाथको व्यवस्थापन वडा कार्यालयले गर्ने, कार्यालय र स्कुल समयमा विहान ९ बजेदेखी १० बजेसम्म यात्रुबहाक सवारी गति सिमित गरेर मात्र आवगमन गर्न दिने,मालबाहक सवारीलाई भने बिहान ९ बजे अगावै, दिनको ११ बजेबाट ३ बजेसम्म र बेलुका ५ बजेपछि मात्र बजार क्षेत्रमा चलाउन दिने निर्णय गरिएको छ ।
यातायत व्यवसायी, चौताराका स्थानीय व्यवसायी, सामुदायिक प्रहरी र नागरिक संस्थाहरुको प्रतिनिधिहरुको उपस्थीतिमा छलफल गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ