काठमाण्डौ । प्रगतिशील लेखक संघ, नेपालको बागमती प्रदेश कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले डा. हरिप्रसाद सिलवालको अध्यक्षतामा सर्वसम्मतरुपमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा वैरागी जेठा, राधिका गेलाल, सचिवमा सुन्दर शिरीष, सहसचिवमा भीष्म जोशी, कोषाध्यक्षमा भैरवी भूगोल चयन भएका छन् । सदस्यहरुमा दिल पौडेल, सरोज घिमिरे, प्रभाती किरण, राजेश्वरी शिल्पकार, छवि खनाल, सुगीता शाह, प्रदीप ढकाल, डिबी बर्तौला, अगिब बनेपाली, यमुना प्रधानाङ्ग, केशवप्रसाद न्यौपाने, लीलाराज दाहाल, सुशीला शर्मा, दीपसागर पन्त र हिमान बल चयन भएका छन् । कमिटीमा मातहतका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने जनाईएको छ ।
नयाँ कार्यसमितिलाई संघका सल्लाहकारहरु मातृका पोखरेल, वासुदेव अधिकारी, केशव सुवेदी, उपाध्यक्ष गोपीरमण उपाध्याय लगायतले बधाई दिएका थिए । नवनिर्वाचत अध्यक्ष डा. सिलवालले संघको विचार र सिद्धान्तलाई सुगठित गर्दै सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अधिवेशनको केन्द्रीय महासचिव समीर सिंहले उद्घाटन गरेका थिए भने बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो ।
अधिवेशनले निवर्तमान अध्यक्ष जगत रेग्मीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो । प्रलेसको १२औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुने तय भएपछि प्रदेश र जिल्ला सम्मेलनहरु भइरहेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ