चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख र उपप्रमुख र वडा अध्यक्षको उम्मेद्वारी दिएका आफ्ना नेतालाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको छ ।
जिल्लाको प्रसिद्ध धार्मिक स्थल गौराती भिमेश्वरको मन्दिरको प्राङ्गणमा भेला गरेर राप्रपाले आफ्नो पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्वार बनाएइकाहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनअघि काठमाडौँमा भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए ।
अध्यक्ष लिङ्देनको सोही उद्घोष बमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने वाचा गराएको राप्रपा जिल्ला उपाध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखको उम्मेद्वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ