मेलम्ची । माथि रातो घेरामा देखिएको व्यक्ति मेलम्ची नगरपालिका– ९ मा रहेको सातकन्या माविका स्थायी शिक्षक हुन् ।
सो विद्यालयमा प्रावि स्थायी शिक्षक रहेका युवराज पुरी नामका उनी सरकारी तलबभत्ता खाएर स्थानीय निर्वाचनमा नेकपा (एमाले) को प्रचारमा खुलेरै लागिरहेका छन् । स्थानीय निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ९ (क) मा शिक्षकले कुनैपनि राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
तर आचारसंहिताको धज्जी उडाउँदै उनी पार्टीको झण्डा बोकेर चुनावी प्रचारमा हिँडेका हुन् । सिन्धुपाल्चोकका मूख्य निर्वाचन अधिकृत एवम् अनुगमन समितिका संयोजक चन्द्रप्रकाश तिवारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने बताउँदै आएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ