काठमाण्डौ । निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ ।
नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनुपर्ने छैन ।
यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ । यसअघि विशेष पास बिना रिपोर्टिङ गर्न नपाइने व्यवस्था आयोगले गरेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ