काठमाण्डौ । ‘युथ फर ईयर’ उपाधीबाट सिन्धु पुत्र निरबहादुर श्रेष्ठ सम्मानित भएका छन् ।
नेपाल युवा परिषदद्वारा आयोजना गरिएको राष्ट्रिय युवा सम्मेलनमा श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठले ‘युथ फर ईयर’ उपाधीबाट सम्मान गरेका हुन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– २, लिसंखुका उनी दृष्टिविहिन समेत हुन । दृष्टिविहिन भएर पनि युवा सशक्तिकरणको क्षेत्रका उल्लेख्य योगदान पुर्याएकोभन्दै श्रेष्ठलाई ‘युथ फर ईयर’ उपाधीबाट सम्मान गरिएको नेपाल युवा परिषदले जनाएको छ ।
‘अन्तरपुस्ता ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौँ राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा देशैभरिबाट १०० भन्दा धेरै युवाहरूको सहभागिता रहेको थियो ।
नौबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको सम्मेलनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवावर्गले आफ्नो जिम्मेवारी बोध गर्दै ऊर्जाशील शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए ।
कार्यक्रमको पहिलो दिन दिगो विकासको स्थानीयकरण, पर्यटनमा युवाको सम्भावना, राजनीति र युवा नेतृत्व गरी तीन सत्र सञ्चालन भएको थियो । दोस्रो दिन युवा र उद्यमशीलता तथा युवा, जलवायु र जैविक विविधता संरक्षण गरी दुई सत्रमा समूहगत छलफल गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ