चौतारा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् अन्र्तगतको जिल्ला युवा समिति सिन्धुपाल्चोकले विभिन्न तीन विधामा ६० महिलालाई सीप तालिम दिने भएको छ ।
समितिले सूचना जारी गरी तालिमको लागि माग गरेको मध्ये ब्यूटीपार्लर, फेसन डिजाइनर र टेलरिङ तालिमका लागि आवेदन दिएका ६० महिलाहरुको सूची सार्वजनिक गरी सीपमूलक तालिम प्रदान गरिने जनाएको हो । छनौट अन्तर्वार्ताबाट सफल हुनेहूको सूची समितिले बुधबार प्रकाशन गरेको प्रदेश स्वयम्सेवक रूपक दुलालले बताए ।
परिषद्ले प्रदेशका सबै जिल्लामा विभिन्न २१ प्रकारका तालिमका लागि आवेदन आह्वान गरेको थियो । समयावधिभित्र आवेदन दिनेमध्ये तीन वटा विषयको तालिमको सहभागी छनौट भएको र अन्य तालिमको लागि समेत सहभागी छनौट गर्ने प्रक्रिया चलिरहेको दुलालले जनाए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को मापदण्डअनुसार ३ सय ९० घण्टा सञ्चालन हुने तीनवटै तालिम बैशाख २८ गतेबाट चौतारामा शुरु हुने समितिले जनाएको छ ।
होर्नुहोस् अन्तिम नजिताको सूचीः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ