बाहुनेपाटी । जालपादेवी माध्यमिक विद्यालय बाहुनेपाटीमा बाली विज्ञान तर्फको भबन शिलान्यास भएको छ ।
४५ लाख ८३ हजार ७ सय १२ रुपैंया लागतमा तीन कोठे भवन बन्न लागेको हो । भवन निर्माणको लागि बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन भएको थियो । भवनको शिलान्यास गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले कृषि शिक्षामा पछाडि परेका कारण अब यसको आवश्यकता रहेको बताए । ‘कृषक बढी भएको हाम्रो ठाउँमा कृषि प्राविधिकको खाँचो छ’, उनले भने– ‘यस विद्यालयबाट त्यसको पूर्ति हुने छ ।’ मेलम्ची क्षेत्रमा बाली विज्ञान अध्यापन गराउने एक मात्र विद्यालय रहेको जनाउँदै उनले कृषि अध्ययन अध्यापनमा मेहनत गर्न आग्रह गरे ।
विद्यालयमा बाली विज्ञानतर्फ डिप्लोमासम्म अध्यापन गराईने शिक्षक प्रकाश सापकोटाले जानकारी दिए । आफ्नै ठाउँमा बाली विज्ञान पढ्न पाईने भएपछि विद्यार्थीहरु खुसी भएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ