हाम्रो बारेमा
अखबारीताको भीडमा ग्लोबलपाटी डटकम (www.globalpatee.com) छुट्टै दृष्टि लिएर उभिएको छ । यसले पस्किने सामग्रीहरु सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा हुनेछ । हामी समर्थन र विरोधको भूमध्यरेखामा टेकेर लोकतन्त्र, सुशासन, समृद्धि, खुला अर्थतन्त्र, सामाजिक न्यायको मार्गमा यहाँहरू सँगसँगै यात्रा गर्नेछौँ । हामी आम नागरिकलाई सूचनाको आँधीमा हराउने झोँका होइन, सूचनालाई परख गरेर ज्ञान निर्माणको बाटो देखाउने प्रदर्शक भएको सपना देखिरहेका छौं । हामी यही समाजका अनेक आयामहरुलाई फरक ढंगबाट, अझ परिष्कृत र गहिराइमा तपाईंहरु सामु ल्याउने प्रण गर्दछौँ ।
ग्लोबलपाटी एउटा फरक विचार हो, जसले तपाईंलाई आफ्नो तर्कलाई थप बलियो बनाउन सहयोग गर्छ, तपाईंले जान्न खोज्नुभएको विषयमा थप गहिराइमा पुर्याउने मार्ग देखाउँछ । वस्तुपरक र यथार्थपरक सामग्रीको गहिराइ, उचाइ र फैलावट यहाँले अनुभव गर्न सक्नुहुनेछ । हाम्रो अस्तित्व तबसम्म मात्र छ, जबसम्म यहाँहरू पाठक र दर्शक,लेखक र आलोचक, शुभेच्छुक र विज्ञापकका रूपमा हामीसित जोडिनुहुनेछ ।
पत्रकारिता आममानिसका लागि हुनुपर्छ भन्ने ध्येयका साथ २०७७ असोज ३ गतेबाट शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क (लि.)ले यो अनलाईन न्यूज पाेर्टलको सुरुवात गरेको हो । लामो समयसम्म सञ्चार क्षेत्रमा काम गरिसकेका सम्पादकीय समूहको नेतृत्वले यसलाई अझ उचाईमा पुर्याउने विश्वास हामीलाई छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबलपाटी डटकमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू यसका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुन्दर शिरीष (अध्यक्ष)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क (लि.) परिवार