मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृत भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृत फेला परेका हुन् ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका र मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्ने कौसल खतिवडा होटेलको कोठामा मृत भेटिएका हुन् । मेलबर्नमा उनको कोही आफन्त नभएको बताइएको छ । फेब्रुअरी २ काे मध्यान्ह १२ः२० बाथरुममा मृत फेला परेका थिए । भिक्टोरिया प्रहरीले घ’टनास्थल शंकास्पद नदेखिएको र आत्महत्याको आशंका गरिएको परिवारलाई जानकारी दिएको छ । प्रहरीले शवको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घ’टनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले जानकारी दिए ।
उनले भने, ‘हामी काममै व्यस्त हुन्थ्यौं । पढाईमै व्यस्त हुन्थ्यौं । कूल पाँच जना बस्ने हामीहरुमध्ये खाना बनाउने पालो पालो हुन्थ्यो । त्यसदिन सबैजना बाहिर नै खाने भएपछि खासै वास्ता भएन ।’ एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेलका अनुसार कूल पाँच जना विद्यार्थीसँगै बस्ने गरेका थिए । यो दुर्घटनापछि प्रहरीले मेलम्चीमा रहेका उनका अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गैरआवासीय नेपाली संघलाई आफ्नो छोराको शव नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।
संयोजक कँडेलले उनको श’वलाई यहाँको पोष्टमार्टम लगायतको प्रक्रिया सकिएपछि नेपाल पठाउने तयारी गरिएको जानकारी दिए । यसअघि पनि कोभिड १९ कोरोना भाईरसका कारण मेलबर्नमा लगाइएको कडा लकडाउन सकिएलगत्तै एक नेपाली विद्यार्थीले होटलको कोठामा आफुलाई पासो लगाई आत्महत्या गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ