चौतारा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले साइन बोर्ड राखेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित शहिद स्मृति प्रतिष्ठानको कार्यालयमा पार्टीकाे बोर्ड राखेको हो । नेकपा माओवादी केन्द्र जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा बोर्ड स्थापना गरिएको थियाे । बोर्ड स्थापना कार्यक्रममा जिल्ला नेताहरु, स्थानीय जनप्रतिनिधिलयायतको उपस्थिति थियो ।
बोर्ड स्थापनापछि गरिएको भेटघाट कार्यक्रममा बोल्दै जिल्ला इञ्चार्ज सापकोटाले दक्षिणपन्थी र क्रान्तिकारी धारबीच टकराव उत्पन्न हुँदा नेकपा फुट्नु परेको बताए । ‘हामीले जुन उद्देश्य राखेर जनयुद्ध लगेका थियौं, त्यतिबेलाको उद्देश्य समाजवादमा पुग्ने थियो’, उनले भने– ‘हामीले कुनै सम्झौता नगरिकन उद्देश्य पूर्तिगर्न तर्फ लाग्यौं । समस्या यहिँ उत्पन्न भयो । दक्षिणपन्थी र क्रान्तिकारी धारबीचको टकराव नै नेकपा फूटको मूल कारण हो ।’ तर जनपक्षधताको सधैं जीत हुने उनले बताए ।
यस अघि फागुन २५ गते नेकपा एमालेले नेकपाको बोर्ड फेरेर नेकपा एमालेको बोर्ड राखेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ