संसारमा अनौठा जीवहरुको कुनै कमी रहेको छैन । यस्तै तपाई हामीले देखिरहेको खरायोको एउटा बानी भने निकै अनौठो रहेको छ ।
खरायोले आफूले गरेको दिसा फेरी खान्छ । खरायो एउटा त्यस्तो जीव हो, जसको पाचन तन्त्र राम्रोसँग विकसित भएको हुँदैन । यो जीव आफ्नो अधिकांश जीवन घाँस खाएर बिताउँछ । जसका कारण खरायोको शरीरबाट धेरै आवश्यक न्यूट्रिएन्ट्स नपची दिसाको रुपमा बाहिर निस्किन्छ । त्यसैले खरायोले सोही दिसालाई पूनः खाएर धेरै पोषक तत्व प्राप्तगर्छ ।
खरायोको दिसा दुई किसिमको हुन्छ । पहिलो तरल र दोश्रो कडा । तरल दिसालाई सीकोट्रोप भनिन्छ । जो पोषक तत्वले भरिएको हुन्छ । खरायोले त्यसै पातलो दिसालाई पूनः खाएर पोषक तत्व प्राप्त गर्छ र त्यसपछि कडा दिसा निकाल्छ । तरल मलमा भिटामिन के र भिटामिन बी १२ हुन्छ । खरायोले खाएको कुरालाई दिउसँ भन्दा राती बढी पचाउने गर्छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ