नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्डमा गुणस्तर सुधारका लागि दैशकै उत्कृष्ट अस्पतालमा परेको छ । न्यूनतम सेवा मापदण्डमा उच्चतम ८८ अंक ल्याएर त्रिशुली अस्पताल देशैभरिको सर्वोत्कृष्ट र पहिलो बनेको हो ।
त्रिशुली अस्पतालले सेवा गुणस्तर र अन्य सेवा मापदण्डमा सबै भन्दा धेरै अंक प्राप्त गरेको छ । मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौंडाले आयोजना गरेको एउटा विषेश कार्यक्रममा स्वास्थ्य विभागले उक्त घोषणा गरेको हो । भौतिक संरचना र सेवा प्रदानमा त्रिशुली अस्पतालले छोटो समयमा निकै उत्कृष्ट काम गरेको स्वास्थ्य विभागले बताएको छ । स्वास्थ्य निर्देशनालय चैत्र २ गते सोमबार नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीको विभिन्न पक्षहरुको परीक्षण गरेको थियो ।
विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा समेत अनुगमन टोलीले जाँच गरेको थियो । त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए। त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले नुवाकोटको लागि यो गौरबको विषय रहेको उल्लेख गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ