काठमाण्डौ । हरेक वर्ष गरिदै आएको ‘राष्ट्रिय बाल नाटक महोत्सव’ यो वर्ष भर्चुअल रुपमा सञ्चालन गर्ने भएको छ । शैली थिएटरले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा गर्दै महोत्सवको आयोजना गर्दै आएको छ ।
यो वर्ष शैलीले आफ्नो स्थापनाको १२ वर्ष पूरा गर्दैछ । भौतिक रुपमा नै महोत्सव गर्ने रहर हुँदाहुँदै पनि माहोल बनिनसक्दा भर्चुअल भए पनि महोत्सव गर्ने निर्णय गरेको महोत्सव निर्देशक नवराज बुढाथोकीले बताए । ‘राष्ट्रिय बाल नाटक महोत्सव’का लागि फागुन १५ सम्म देशभरिबाट भिडियो नाटक माग गरिएको बुढाथोकीले बताए । महोत्सवमा सहभागिताका लागि देशभरबाट ३ दर्जन नाटक सहभागी भएका छन् । सहभागी भएका मध्ये केही नाटक नियम विपरीत प्राप्त भएपछि महोत्सवमा २८ नाटकलाई सहभागी गराइएको बुढाथोकीले बताए । प्रतियोगितामा उत्कृष्ट ३ नाटकलाई जनही १५ हजार र प्रमाण पत्र प्रदान गरिनेछ ।
नियमअनुसार प्राप्त नाटक मध्येबाट पनि निर्णायकले छनोट गरेका नाटक मात्र चैत १ गते साँझ ७ बजेबाट शैली थिएटरको अफिसियल युट्युव च्यानलमार्फत् प्रसारण सुरु भएको महोत्सव संयोजक सरस्वती अधिकारीले जानकारी दिइन् । निर्णायकको मूल्याङ्कनका आधारमा उत्कृष्ट ठहराएका तीन नाटकलाई पुरस्कृत गरिने महोत्सवको नतिजा चैत तेस्रो साता प्रकाशित गरिनेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ