लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ । उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ जना भने २ लाख ७१ हजार २ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ