काठमाडौं । आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ ।
दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसिरहेका छन् । उपत्यकामा रहेको पानी वितरणको पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ ।
आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिनेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ