चौतारा । होली पर्वलाई लक्षित गरी प्रहरीले गरेको सवारी साधन जाँचको क्रममा ७० सवारीचालक कार्वाहीमा परेका छन् ।
रंगहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना बनाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका मूख्य बजारक्षेत्र चौतारा, मेलम्ची, बाह्रबिसे, तातोपानी, ठूलोपाखर, वनदेउ, खाडिचौरलगायका स्थानमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरेको थियो ।
सवारी साधन जाँचको क्रममा कागजपत्र साथमा नरहेको, मादक पदार्थ सेवन गरि सवारी चलाएको, साईलेन्सर निकालेर ध्वनि प्रदुषण गरेको, मोटरसाईकल मोडिफाई गरी चलाएको, हेलमेट नलगाएको र सिट क्षमता भन्दा बढी यात्रु बोकेको ७० वटा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
नियन्त्रणमा लिईएको सवारी साधनमध्ये १७ वटा मोटरसाईकललाई दिनभरी होल्ड गरेर साँझ सम्झाई बुझाई गरी जरिवाना लिई सवारी धनीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । कार्बाहीमा परेका सवारीचालकबाट एकैदिनमा ७५ हजार ५ सय रुपैंया राजस्व संकलन भएको प्रहरी कार्यालयले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ