हेटौंडा । बागमती प्रदेशभरका प्रहरीले अब अपराध अनुसन्धानमा संलग्न हुँदा ज्याकेट र टोपी अनिवार्य लगाउनुपर्ने भएको छ।
प्रदेश प्रहरी कार्यालयले अनुसन्धानमा खटिने प्रहरीको छुट्टै पहिचान र कार्यसम्पादनमा एकरूपता ल्याउने ज्याकेट र टोपीसहित खटाउने निर्णय गरेको हो। यो सोमबारदेखि लागू गरिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मीरा चौधरीले बताइन्। यसअघि अपराध अनुसन्धानका लागि खटिने प्रहरी सादा पोशाकका हुन्थे।
अब सादा पोशाकमाथि प्रदेश प्रहरी लेखिएको ज्याकेट र टोपी अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ। ‘घटनास्थलमा खटिँदा फ्लोरोसेन्ट ज्याकेट र क्याप अनिवार्य गरिएको छ,’ चौधरीले भनिन्। बागमती प्रदेश प्रहरी अन्तर्गत १० वटा जिल्ला प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालय छन्, ती सबैमा ज्याकेट र टोपी दिइएको छ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ