मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलामको रूपमा पनि चिनिन्छ । यो एउटा सानो गाउँ हो जसको वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । ताजा हावा, खोलाको आवाज, चराहरू गाउँदै र भौतिकवादी शहर जीवनबाट केहि दूरीमा रहेको यो ठाउँको सौन्दर्यले सबैलाई मोहित बनाउँछ ।
भोटेचौरको चिया बगैंचामा घुम्दै हुनुहुन्छ भने तपाईले बिर्सनुहुनेछ बरु तपाईं यत्ति मोहित हुनुहुनेछ कि तपाईंले आफूलाई विश्वास गर्नुहुनेछ म इलामको चिया बगैंचामा छु ।
भोटेचौर पुग्नको लागि काठमाण्डौको बौद्धबाट बस चढ्न सकिने छ । यदी आफ्नै सवारीसाधन छ भने चाबहिलबाट बौद्ध तर्फ गई जोरपाटीमा पुगिने छ । त्यसपछि सांखुहुँदै सालीनदीको किनार छोडेर उकालो लाग्नु पर्नेछ । लगभग २० मिनेटको दुरीमा जर्सिङपौवा पुग्न सकिन्छ । जहाँबाट बायाँतर्फ लाग्नु पर्छ । करिब १० मिनेटमा नै चौकीभन्ज्याङ, शंखपुरपुर पुग्न सकिन्छ । त्यहाँबाट करिव १५ मिनेटको दूरीमा भोटेचौरको सुन्दर दृष्य हेर्न सकिने छ ।
भोटेचौरको जैसीगाउँमा पुगेपछि चियावगान तर्फ लाग्न सकिन्छ । सन् १९९५ मा त्रिभूवन विश्वविद्यालयका पूर्व प्राध्यापक सोम गौचनले स्थापना गरेको एभरेष्ट टी गार्डेन पुगेपछि देखिएको हरियाली र सुन्दरताले तपाईंको सबै थकानलाई मेटाईदिनेछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ