नुवाकोट । नुवाकोटका विभिन्न ठाउँहरूमा चैते रोपाइँ गरिदै छ । मंसिरमा धान काटेपछि गहुँ, मकै रोप्ने गरेका कृषकहरू चैत लागेसँगै खेत खन्न र रोपाइँ गर्न व्यस्त रहने गरेका छन ।
किसानहरू मलको अभाव र पानी नपरेका कारणले पनि यसपालिको रोपाइँ गरिएको बताउछन् । सधैं बालिनालपमा मल आवश्यक परेको बेलामा मल नपाइएको किसानहरूको गुनासो रहेको छ। नेपाल सरकारले समयमा नै किसानहरूलाई पटकपटक मलको अभाव पूर्ति गर्ने बताए पनि आवश्यकता पूर्ति गर्न नसकेको किसानहरूको आरोप रहेको छ ।
कृषि मन्त्रालयले कृषकको आवश्यकतालाई मध्यनजर गर्दै समयमा नै मल उपलब्ध गराइदिने बताएका पनि कृषकहरू समयमा नै मल नपाएको बताइरहेका छन् । कृषकहरूले चैतमा रोपेको धान साउनमा काटेर पुनः रोपाइँ गर्ने गरेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ