काठमाण्डौ । प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् । तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको बताए । उनलाई सिन्धुपाल्चोक जिल्लाको इञ्चार्जको जिम्मेवारी पनि दिईएको छ । तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए ।
एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ