चौतारा । सरकारले देशभरका विद्यालय, शिक्षालायमा भौतिक उपस्थिति बन्द गर्ने र परीक्षा स्थगित गर्ने निर्णय गरे पनि सिन्धुपाल्चोकमा भने परीक्षापछि मात्र विद्यालय बन्द हुने भएको छ ।
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति र जिल्ला समन्वय समितिले गरेको संयुक्त बैठकले वैशाख मसान्त भित्र सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरि जेठ १ गतेबाट मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठक सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायसँग भएको थियो । बैठकको अध्यक्षता जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ