काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए । छातीमा सामान्य इन्फेक्सन देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको जन्म भएको थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे । उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले ।
आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ