काठमाडौं । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले कोरोना परीक्षणका लागि स्वाव दिएका छन् । बिहीबार उपप्रधानमन्त्री पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वाव दिएका हुन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा स्वाव संकलन गरिएकाे हाे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ