चाैतारा । कोभिड– १९ को नयाँ भेरिएन्ट दोस्रो लहरको महामारीको प्रभावलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उपचारसहितको १२ आइसोलेसन, ३० क्वारेन्टाइन शैया स्थापना गरेको छ ।
१२ शैयाको आइसोलेशनमा पुरुषको लागि ८ र महिलाको लागि ४ शैया छुट्याईएको छ । त्यस्तै ३० शैयाको क्वारेन्टाइनमा पुरुषको लागि २० र महिलाको लागि १० शैया छुट्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
जसमा २ वटा अक्सिजन सिलिण्डर, २ वटा अक्सिजन भल्व रिमोटर, २ वटा अक्सिजन मास्क, १५ वटा थर्मल गन, ४४ थान पिपिई सेट, २ वटा इलेक्ट्रिक जग, ५०० थान ह्याण्ड ग्लब्स, ५० थान फेस सिल्ड, १०० थान मास्क र १५ लिटर सेनिटाइजरको व्यवस्था गरिएको छ ।
संक्रमितको लागि उपचार गर्न जिल्ला अस्पताल चौताराबाट समन्वय गरी उपचारको ब्यवस्था समेत गरिएको सापकोटाले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ