काठमाडौं । संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् । ‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध छ । अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ