नुवाकोट । पछिल्लो चरण कोभिड– १९ को संक्रमित झन झन बढ्दै गईरहेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ फाटा पौवाका थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
गत ५ गते २२ जनाको स्वाव परीक्षणमा गरिएकोमा १३ जनामा कोभिड संक्रमण भएको जनाइएको छ । हाल १५ जनाको मात्र रिपोर्ट आएको र त्यसमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको त्रिशूली अस्पतालले जनाएको छ । २२ जनाको परिक्षणमा बाकी ७ जनाको रिपोर्ट आउन बाँकी रहेको दिपीका तिमल्सिनाले बताईन् ।
नुवाकोट २ मा हालै मात्र आइशुलेशन वाड तथा अक्सिजन सहितको वेडहरूको स्थापना पनि गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ