सम्हालेर हिँड्दै थिए
ठेस बनी अगाडि आई दियौं
सुवास बनी बास्ना छदै थिए
माली बनी कोपिलैमा निमोठी दियौं ।
उन्नतिको सगर चुम्दै थिए
पथ प्रर्दशक बनी बाटो मोडि दियौं
माझी बनी नदि तार्छु भन्थ्यौं
भुमरीमा पारी अलाप भई दियौं ।
दुनियाँको नजरमा राम्रो बन्न
मलाइ नराम्रो बनाइ दियौं
चोखो माया गर्छु भन्यौं
आखिरमा आफ्नो नकाप उतारी दियौं ।
जीवनको रथ हाँक्ने कृष्णजस्तै
अर्जुनको सारथीको वचन दिनेले
अभिमन्युलाइ जस्तै
चक्र भ्यूमा पारी
कता अलाप विलाप भयौं ।
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ